मिलन, एलिना र अस्मितालाई छिन्नलता गीत पुरस्कार

काठमाडौँ - छिन्नलता गीत पुरस्कार गुठीले २०७८ सालको छिन्नलता गीत पुरस्कार ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ गायिका एलिना चौहानको ‘जाने मान्छेको बाटो’ बोलको गीतलाई प्रदान गर्ने भएको छ। छिन्नलता गीत पुरस्कार गुठीका अध्यक्ष प्रा.डा. वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारणसभाले उक्त निर्णय गरेको हो।

यसैगरी २०७७ सालको छिन्नलता गीत पुरस्कार ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ मिलन नेवारको ‘फुल बुट्टे’ बोलको गीतलाई प्रदान गरिने भएको छ। गुठीले २०७६ सालको छिन्नलता गीत पुरस्कार ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ अस्मिता अधिकारीको ‘तिम्रो मायामा बाँधेर राख’ बोलको गीतलाई दिने निर्णय गरेको छ।

गुठीका सचिव दिनेश अधिकारीका अनुसार उक्त पुरस्कार आगामी असार २६ गते वितरण गरिने भएकाे छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×