वैवाहिक रमझममा झडप हुँदा एकजनाको मृत्यु

कैलाली - कैलाली भजनी नगरपालिका-९ मा वैवाहिक कार्यक्रममा भएका सहभावि बिच झडप हुँदा आइतबार राति एकजनाको ज्यान गएको छ।

विवाह कार्यक्रममा नाचगान गर्ने क्रममा भएको उक्त झडपमा स्थानीय २५ वर्षीय वसन्त चौधरीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। सामान्य विवादले कुटपिटको रूप लिँदा वसन्त कुटिएका थिए। कुटपिटको क्रममा उनी गम्भीर घाइते भएको प्रहरीले बताएको छ।

घाइते भएपछि उनलाई कैलालीकै घोडाघोडी अस्पताल हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारका लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको हो। कुटपिटमा संलग्न चारजनालाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाइएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×