काठमाडौँ। नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गाेलरक्षक एञ्जिला तुम्बाफो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘एञ्जिला’ बन्ने भएको छ। चलचित्रको घोषणा कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजको पनि उपस्थिति रहेको थियो।
युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले पनि उक्त कार्यक्रममा आफ्नो धारणा राखेका थिए। मिलन चाम्सको निर्देशनमा बन्न लागेको चलचित्रमा फुटबल खेलाडी एन्जिला तुम्बाफो सुब्बासँगै दयाह्याङ राई, बुद्धि तामाङ, सृजना सुब्बा, माउत्से गुरुङ आदि कलाकारहरुको अभिनय रहनेछ।
निर्माण कम्पनी केन्द्र मोसन पिक्चर्स र मुन लभ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुन लागेको चलचित्रको घोषणा शुक्रबार गरिएको हो।