चुरोटको धुवाँमा हराउँदो जीवन

सुरुमा केवल एक चुरोट थियो, पछि त्यो दिनको बानी बन्यो। बानी लत बन्यो, लत जीवन नै खाने रोग।
नेपाली समाजमा चुरोट केवल व्यक्तिगत बानीको कुरा होइन, यो समाज स्वास्थ्यमा दीर्घकालीन विनाश ल्याउने मौन महामारी हो।

चुरोट र यसको धुवाँले शरीरमा पार्ने असरहरू:

 १. फोक्सोको विनाश:

  • चुरोटको धुवाँमा रहेको टार (tar) कार्सिनोजेनिक रसायन फोक्सोको कोषहरू नष्ट गर्छन्।
  • यसले क्रोनिक ब्रोंकाइटिस, एम्फिसिमा, र अन्ततः फोक्सोको क्यान्सर निम्त्याउँछ।

 २. मुटु रोगको जोखिम:

  • चुरोटले रक्तनली साँघुरो बनाउँछ, जसले उच्च रक्तचाप र हृदयाघातको सम्भावना बढाउँछ।
  • नियमित चुरोट सेवनले कोलेस्ट्रोल असन्तुलन ल्याएर मुटुमा थुपारो बनाउँछ।

३. मस्तिष्क र स्मरणशक्ति क्षय:

  • चुरोटमा रहेको निकोटिनले केवल लत बनाउँदैन, यो स्नायु प्रणालीलाई कमजोर बनाउँछ।
  • दीर्घकालीन रूपमा यसले स्ट्रोक अल्जाइमरजस्ता रोग निम्त्याउन सक्छ।

४. क्यान्सरको मौन प्रवेश:

  • चुरोटमा ७० भन्दा बढी कार्सिनोजेन हुन्छन्, जसले मुख, घाँटी, स्वरयन्त्र, मूत्राशय, पेट लगायत विभिन्न अंगहरूमा क्यान्सर निम्त्याउँछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×