अपाङ्गमैत्री मतदानस्थल नहुँदा जुम्लामा तीन हजार बढी मतदानबाट वञ्चित

काठमाडौँ - जुम्लाको हिमा गाउँपालिका वडा नम्वर ७ का सुर्य अधिकारी ह्वीलचियरमा आवतजावत गर्छन। सूर्य जस्तै फरक क्षमता भएका मतादाता धेरै छन्, जसलाई अपाङ्गमैत्री मतदानस्थल नहुँदा मताधिकारबाट बञ्चित हुने पिरलो छ। ‘अपांगता भएका व्याक्तिलाई सहत रुपमा मतदान गर्नका लागी अपाङ्गमैत्री मतादान स्थल हुनुपर्ने सरकारी नियम छ। तर, हामीले कहिल्यै सहज वातावरणमा मतदान गर्न पाएनौं।’ उनले गुनासो पोखे। जुम्लामा कुल ६८ जहार ६ सय ३८ मतादाता मध्ये अपाङ्गता भएका तीन हजार मतादाता छन्, तर कुनैपनि मतदान स्थल अपाङ्गमैत्री छैनन्।

जुम्लामा अपाङ्गमैत्री मतदान स्थल नहुँदा ३ हजार मतादातालाई समस्या भएको छ। जुम्लामा ८३ मतदानस्थल र १०६ मतदान केन्द्र छन्। तर, अपाङ्गमैत्री छैनन्। अपांग पुर्नस्थापना कार्यालय जुम्लाका निवर्तमान अध्यक्ष नन्दराज धितालका अनुसार जुम्लामा कुल आठ हजार जना अपांगता भएका व्यक्ति छन्, त्यसमा ३ हजार मतादाता छन्।

अपांगता भएका व्याक्तिलाई सहत रुपमा मतदान गर्नका लागी अपाङ्गमैत्री मतादान स्थल हुनुपर्ने सरकारी नियम छ। मतादान सम्पन्न गर्ने जीम्मेवारी प्राप्त गरेका सरकारी निकायले अपाङ्गमैत्री मतदान स्थल बनाउन प्रयास नगरेको अपांग पुर्नस्थापन विकास केन्द्र जुम्लाका अध्यक्ष रामकृष्ण न्यौपानेले बताए। ‘एकातिर शारिरिक अशक्तता हुन्छ, अर्कोतिर जटिल भूगोलका कारण आवतजावत गर्न मुस्किल छ, अपांगमैत्री मतदान केन्द्र नबनाएर मताधिकारबाट बञ्चित गर्नु हाम्रो लागि अप्रिय कुरा हो।’ अध्यक्ष न्यौपानेले भने। जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले जुम्लामा भौगोलिक रुपमा कठिनाइ भएका कारण अपांगमैत्री मतदान स्थल बनाउन नसकिएको बताए। अपांगमैत्री मतदान केन्द्र बनाउन नसकिए पनि अपांगता भएका व्याक्तिलाई सौहार्द वातावरमा मतदान गर्ने वातावरण मिलाइएको उनले बताए।
राजधानी दैनिकबाट
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×