प्रदेश १ को नाम हिउँदे अधिवेशनबाट टुङ्गो लगाउँछाैं : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेशसभाको आउँदो हिउँदे अधिवेशनबाट टुङ्गो लगाउने  बताएका छन् ।

मुख्यमन्त्रीको कार्यालयमा आज (मंगलवार) सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “प्रदेशको नाम प्रदेशसभाले नै टुङ्गो लगाउँछ ।”

मुख्यमन्त्री राईले आफूहरू सरकारमा आएपछि सभाको एउटा पनि बैठक नबसेको सन्दर्भ उल्लेख गर्दै उहाँले अब छिट्टै हिउँदे अधिवेशन आरम्भ गरेर प्रदेशको नामकरण गर्ने  प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

उहाँले यही माघ २० गतेभित्र हिउँदे अधिवेशन शुरु गरेर प्रदेशको नाम टुङ्गो लगाउनेतर्फ आवश्यक प्रक्रिया अघि बढाइने बताए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×