काठमाडौँ - ओलम्पिक स्वर्ण विजेता नीरज चोपडा विश्व एथलेटिक्स च्याम्पियनसिपमा भारतका लागि पदक जित्ने पहिलो पुरुष खेलाडी बनेका छन्।
उनले अमेरिकामा जारी प्रतियोगिताअन्तर्गत ज्याभलिन थ्रोमा ८८.१३ मिटरका साथ रजत पदक हात पार्दै कीर्तिमान बनाएका हुन्।
समग्रमा उनी यो प्रतियोगितामा पदक हात पार्ने दोस्रो भारतीय खेलाडी हुन्। यसअघि सन् २००३ मा अञ्जु बबी जर्जले महिला हाइ जम्पमा भारतका लागि कास्य पदक हात पारेकी थिइन्।
यो विधामाग्रेनाडाका एन्डरसन पिटर्सले ९०.४६ मिटरका स्वर्ण तथा चेक रिब्पलिकका याकुब भाडलेचले ८८.०९ मिटरका साथ कास्य पदक जितेका छन्।