बंगलादेशलाई बराबरीमा रोक्दै नेपाल च्याम्पियन

काठमाडौँ - बंगलादेशमा जारी यू-१५ साफ महिला च्याम्पियनसीपको उपाधि नेपालले जितेको छ। हिजो सम्पन्न निर्णायक खेलमा बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल च्याम्पियन बनेको हो।

डबल राउण्ड रोबिन प्रणालीमा सञ्चालन भएको खेलमा नेपालले ३ जित र १ बराबरीसँग १० अंक जोड्दा ४ खेलबाट ७ अंक जोडेको बंगलादेश उपविजेता बन्यो।

खेलको १४ औं मिनेटमै शुसिला केसीको गोलमा नेपालले अग्रता बनाएको थियो। तर ५४ औं मिनेटमा बंगलादेशकी रुमा अख्तरले गोल गर्दै खेल बराबरीमा ल्याइएकी थिइन्। त्यस्तै ८९ औं मिनेटमा विपना स्नेहीको ह्याण्डबलमा बंगलादेशले पेनाल्टीको अवसर पाएकी थिइन्। तर, नेपाली गोलकिपर सुजता तामाङले बचाउन सफल भइन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×