विपिन कार्कीविरुद्ध निर्माता संघमा उजुरी

काठमाडौँ - अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजरी परेको छ। प्रसाद का निर्माता सुवास थापाले निर्माता संघमा उजुरी दिएका हुन्।

चलचित्र निर्माता संघमा थापाले दिएको उजुरी दर्ता नम्बर ००३/२०७९/०५/०९ रहेको छ। कास्कीमा ‘प्रसाद २’ को छायांकन सुरु भएकै दिन विपिनले सेट छाडेर हिंडेर फिल्म अलपत्र पारेको भन्दै थापाले क्षतिपूर्ति माग गरेका छन्।

त्यसयता ‘प्रसाद २’को छायांकन अनिश्चित बनेको छ। विपिन रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबारी’मा व्यस्त छन्। विपिनले भने थापासँग ‘प्रसाद २’ मा सहकार्य गर्न नसकिने बताइसकेका छन्।

प्रसाद-२ को छायांकन सुरु भएकै दिन विपिनले सुटिङ स्थल छाडेर हिँडेका थिए, जसका कारण चलचित्र निमार्णको सबै काम रोकिएको थियो।

सुटिङ छाडेर हिँडेपछि चलचित्र निमार्ण अलपत्र परेको भन्दै थापाले कार्कीविरुद्ध निर्माता संघमा उजुरी दिएका हुन्। कार्कीले पारिश्रमिक पाइने सुनिश्चितता नभएको भन्दै सुटिङ नगरी हिँडनु परेको जनाउँदै आएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×