सामाजिक संजालमा भाइरल भएको १४ किलोको मुला

दोलखा । केहिदिन अघि एउटा युवाको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त तस्बिरमा एक युवा एउटा हातले डोको समातेर काँधमा मुला बोकेर कान्ला उक्लिँदै गरेका छन् । 

त्यो मुला १४ किलोको छ । दोलखाका किसान पदमबहादुर तामाङको बारी फलेको उक्त मुलाका कारण उनका भतिजाको तस्विर एकाएक संजालमा चर्चामा आयो । उक्त मुला यति ठूलो छ कि त्यसलाई काँधमा काठको मुढो बोके झैँ बोक्नु पर्छ । उक्त तस्विर तामाङका छोराले खिचिदिएका थिए । तामाङले बताए अनुसार उनको बारीमा १४ किलोका दुईवटा मुला फलेका छन् । 

मुला बोकेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनलाई गाउँपालिका अध्यक्षले फोन गरि मुला लिएर पालिकामा आउन निम्तो दिएका थिए । पदम खुसी हुँदै १४ किलोका दुइवटै मुला बोकेर मंगलबार पालिका पुगे । उनलाई पालिकाले नगदसहित सम्मान गर्दै सिंचाइका लागि तीनसय मिटर पाइप पनि दियो । 

उनको बारीमा यसअघि पनि ७ किलोसम्मको मुला फलेको तर यो १४ किलोको मुला भने अहिलेसम्मकै सबैभन्दा ठूलो मुला रहेको उनले बताए । 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×