सीआईबीले सञ्चालनमा ल्याउन लागेको सिम लोकेटरको ठेक्का रद्द

काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ‘सीआईबी’ले सञ्चालनमा ल्याउने भनिएको सिम लोकेटरको ठेक्का प्रक्रिया रद्ध भएको छ ।

सीआईबी प्रमुख धीरजप्रताप सिंहका अनुसार प्रहरीको अनुसन्धानमा निकै प्रभावकारी मानिने सिम लोकेटर सञ्चालनमा ल्याउने नेपाल प्रहरीको पूरानै योजना हो ।

यसले अपराध अनुसन्धानमा ठूलो महत्व राख्ने बताउँदै उनले भने,‘नेपाल प्रहरीले पहिलोपटक किन्न लागेको हो । यसको विशेष महत्व पनि छ । तर, ठेकेदार कम्पनीले समयमा जडान गर्न सकेन त्यसैले रद्द गर्न बाध्य भयौँ ।’

उनका अनुसार सिम लोकेटर ल्याएर मात्रै हुँदैन । सीम सेवा प्रदायक संस्थाको सहकार्य पनि जरुरी छ ।  अन्नपूर्ण पोस्टमा अजबी पौड्यालले खबर लेखेकी छन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×