ओलीलाई भेट्न कांग्रेस नेता पौडेल यसकारण गए बालकोट

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

ओलीलाई भेट्न काँग्रेस नेता पौडेल बुधवार साँझ बालकोटस्थित ओली निवासमा पुगेका थिए ।

उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक समेत रहनुभएका पौडेल साँझ ६ बजे बालकोट पुगेका थिए । प्रमुख दलका प्रभावशाली दुई नेताबीच करिब १ घण्टा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ ।

पौडेलले ओलीसँगको भेटमा प्रतिनिधि सभा र न्यायालयमा देखिएको समस्याका विषयमा छलफल गरेकाे बताइएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×