नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई पक्राउ गराउन निरन्तर दबाब दिइरहेको गम्भीर आरोप लगाएका छन्। च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीले सम्पत्ति शुद्धीकरण विभागका प्रमुखलाई तीन–तीन पटक मुद्दा चलाउन, प्रमाण बनाउन र आफूलाई गिरफ्तार गर्न निर्देशन दिएको दाबी गरे।
ओलीका अनुसार विभागका तत्कालीन निर्देशकले "गैरकानूनी काम गर्न सक्दिनँ" भन्दै अस्वीकार गरेपछि उनलाई हटाएर आफूपक्षीय निर्देशन मान्ने गरी नयाँ व्यक्ति नियुक्त गरिएको आरोप उनले लगाए।
त्यसबाहेक उनले सरकारले राजदूतहरू फिर्ता बोलाएर गर्न नहुने अवैधानिक काम गरेको दाबी गर्दै वर्तमान सरकार अध्यादेश ल्याउने अधिकारसमेत नभएको टिप्पणी गरे।