सलमानले सुरु गरे ‘कभी इद कभी दिवाली’

काठमाडाैँ - बलिउडमा अभिनेता सलमान खानले ‘कभी इद कभी दिवाली’ फिल्मको छायांकन सुरु गरेका छन्। मुम्बईमा भव्य सेट लगाएर फिल्मको छायांकन सुरु गरिएको बताइएको छ।

फिल्मको छायांकन सुरु भएसँगै सलमानले आफ्नो लुक्सको बारेमा फ्यानहरुलाई जानकारी दिएका छन्। सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको तस्बिरमा उनि लामो कपालमा कालो चस्मा र कालै कपडामा छन्।

फिल्ममा उनलाई एक्सन र कमेडी सहित रोमान्टिक अवतारमा देख्न पाइने छ। फिल्मको यो सेड्युल झन्डै १० दिनको हुनेछ। फिल्मको निर्देशन फरहाद सामजीले गरिरहेका छन्। फिल्ममा सलमानको को-स्टार पुजा हेग्डे छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×