भक्तपुर। साःफु भक्तपुरले सिन्धुपाल्चोक पाटी भञ्ज्याङस्थित ठूलो थकनी माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनार्थ आज एक हजार ४० पुस्तक हस्तान्तरण गरेको छ।
कार्यक्रममा साःफुका संस्थापक अध्यक्ष लक्ष्मी बखाद्यःले विद्यार्थीलाई कक्षागत अध्ययनभन्दा बाहिरका ज्ञान वृद्धि गर्न सहयोग पुर्याउने उद्देश्यले पुस्तक प्रदान गरेको बताए। विद्यालयका प्रधानाध्यापक तिलकराज खत्रीले विद्यालयलाई प्राप्त पुस्तकले पुस्तकालय स्थापना गर्न सहयोग पुग्ने बताए।