पहिरोमा पुरिएर जेसिबी चालकको मृत्यु 

कालिकोट - शुभकालिका गाउँपालिका–१ कालेखोला नजिक कर्णाली करिडोरमा भे.१ क ८६७ नम्बरको जेसीबी पहिरोमा पुरिएर चालक पचालझर्ना गाउँपालिका–८ बस्ने ३२ वर्षीय धिर बहादुर सन्ज्यालको मृत्यु भएको छ ।

करिडोरस्थित बाटो डबल कटिङ गर्ने क्रममा शुक्रबार दिउँसो पहिरो जाँदा जेसीबीसहित चालक पुरिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालिकोट र प्रहरी चौकी लालुखुलालुबाट खटिएको प्रहरीले जेसीबीद्वारा उद्धार गर्ने क्रममा च्यापिएको अवस्थामा शनिबार बिहान उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×