काठमाडौँ। संगीतकार आशिष अविरल सोमबार मातृशोकमा पनि परेका छन्। उनको बुबाको निधन पनि साता दिन अघि भएको थियो। उनकी आमा चित्रकुमारी परियारको ७९ वर्षको उमेरमा निधन भएको हो।
उनका ८१ वर्षीय बुवा बलबहादुर परियारको निधन गत मंगलबार भएको थियो। बुवाको किरियामा बसेको दोस्रो दिन आमालाई मस्तिष्कघात भयो। त्यसपछी आमालाई उपचारका लागि पोखरा लगिएको थियो। तर, उपचारपछि पनि उनको स्वास्थ्यमा सुधार नभएपछी उनलाई आइतबार बागलुङको गलकोट नगरपालिकास्थित घरमा ल्याइएको थियो।
बुवाआमा दुवैमा उच्च रक्तचापको समस्या रहेको र त्यसले मस्तिष्कघात निम्त्याएको अविरलका भाइ कर्णले जनाएका छन्। आमा चित्रकुमारीको सोमबार स्थानीइ गौंदीघाटमा अन्त्येष्टि गरिएको छ। उनका दुई छोरा र तीन छोरी रहेका छन्।