म्याग्दी - म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँट गाउँ बाढी र पहिरोको उच्च जोखिममा परेको छ। माथिबाट पहिरो खस्ने र नदीले तीव्र कटान गर्न थालेपछि गाउँ नै जोखिममा परेको हो।
विसं २०५७ देखि म्याग्दी नदीले बगरफाँटमा कटान गर्दै आएको छ। बगरफाँटमा २१४ परिवारको बसोबास छ। म्याग्दी नदीको कटान नियन्त्रणका लागि बर्सेनि नदी किनारमा ग्याबियन जाली भर्ने गरिए पनि दिगो हुनसकेको छैन। बगरफाँटको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले बगाएको छ।