कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

आज बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो । नेपाल टेलिकमको वेबसाइटमा गएर नतिजा हेर्न सकिने छ।
बोर्डका अनुसार सात हजार ३६ जनाले 'ए प्लस' ग्रेड ल्याएका छन् भने 'ए' ग्रेड ल्याउने परीक्षार्थीको संख्या ४८ हजार तीन सय ३९ जना छ।

'बी प्लस' ग्रेड ल्याउने विद्यार्थी करिब ७० हजार रहेका छन्। करिब एक लाख विद्यार्थीले 'बी' ग्रेड मात्रै ल्याएका छन् भने 'सि' र 'डी' ग्रेड ल्याउने विद्यार्थी पनि छन्। साथै दश हजार हाराहारी विद्यार्थीले 'ई' ग्रेड ल्याएका छन्।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×