इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो

चितवन - पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट इँटा बोकेको ट्रक त्रिशूलीमा खसेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ बजे ट्रक त्रिशूलीमा खसेको हो।

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको उक्त ट्रक अनियन्त्रित भई त्रिशूलीमा खसेको हो। ट्रक पूर्णरूपमा डुबेको अवस्थामा रहेकाले नम्बर र कति जना सवार थिए भन्न नसकिने अवस्थामा रहेको प्रहरीले जनाएको छ। 

ट्रक बाहिर निकाल्ने प्रयास जारी छ। घटनाको थप जानकारी आउँन बाँकी छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×