पीएसजीको नयाँ प्रशिक्षक गल्टियर नियुक्त

काठमाडौँ - फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले क्रिस्टोफ गाल्टियरलाई प्रशिक्षक नियुक्त गरेको छ।

अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बिदा गरे लगत्तै पीएसजीले गाल्टियरलाई प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको हो। जर्मन प्रशिक्षक गल्टियरले यसअघि निसको टिम सम्हालेका थिए।

५५ वर्षका गाल्टियरका लागि पीएसजीले १ करोड युरो ट्रान्सफर फी तिरेको छ। उनले पीएसजीसँग दुई वर्षको लागि सम्झौता गरेका छन्।

सन् २००९ देखि फ्रेञ्च क्लबमा प्रशिक्षक रहेका गाल्टियर सन् २०१३, २०१९ र २०२१ मा गरी ३ पटक लिग वानको म्यानेजर अफ द सिजन बनेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×