काठमाडौं । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा एक लाख १० हजार रुपैयाँ नगद देखाएका छन् । उनले आफ्नै नाममा ग्लोबल आईएमई बैंकमा ५ हजार र नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार रुपैयाँ नगद रहेको विवरणमा खुलाएका छन् ।
गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको छ । यस्तै, उनीसँग ८० तोला सुन रहेको र अधिंकाश बुवा, आमा तथा केही श्रीमती पौडेलले खरिद गरेको उल्लेख छ ।
एक लाख १० हजार रुपैयाँ बाहेक गृहमन्त्री लामिछानेले आफ्नो पत्नीको नाममा भने करोडौं रुपैयाँ बराबरको सम्पत्ति रहेको विवरण खुलाएका छन् । निकिता पौडेलसँग सिद्धार्थ बैंकमा ५ हजार, नेपाल बैंक लिमिटेडमा ५ लाख रुपैयाँ, सनराइज बैंकमा १५ हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकमा २८ हजार र प्रभु बैंकमा १० हजार ५११ रुपैयाँ नगद रहेको लामिछानेको सम्पत्ति विवतरणमा उल्लेख छ ।