रूपन्देहीमा देउवा,पौडेल समूहबीच कुटाकुट, महाधिवेशन प्रतिनिधि घाइते, उपचारका लागि काठमाडौँ लगिदै

रूपन्देही। नेपाली काङ्ग्रेसका दुई समूहबीच भएको कुटाकुटमा घाइते भएका महाधिवेशन प्रतिनिधिका उमेदवार दीर्घबहादुर केसीलाई थप उपचारको लागि काठमाडौं लगिएको छ।

रूपन्देही क्षेत्र २ को सोमबार सम्पन्न निर्वाचनको मतगणना भइरहेको अवस्थामा काङ्ग्रेस सभापति शेरबहादुर देउवा समूहले केसीमाथि आक्रमण गरेको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको आरोप लगाएको छ। केसी पौडेल समूहबाट महाधिवेशन प्रतिनिधि उम्मेदवार रहेका थिए। आक्रमणबाट उनको टाउको र मुखमा चोट लागेको छ।

नेपाली काङ्ग्रेस बुटवल उपमहानगर समितिका उपसभापति ज्योति भण्डारीले केसीलाई उपचारको लागि काठमाडौं पठाइएको जानकारी दिए।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×