काठमाडाैँ - अन्तिम टी-२० खेलमा घरेलु टोली इंग्ल्यान्डले भारतविरुद्ध १७ रनको जित निकालेको छ। आइतवार राति भएको खेलमा इंग्ल्यान्डले भारतलाई १७ रनले हराएको हो।
पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १५ रन जोडेको थियो। इङ्ल्यान्डका दाविद मलानले ७७, लियाम लिभिस्टङले ४२ र जेसन रोयले २७ रन बनाएका थिए।
भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९८ रन मात्र जोड्यो। सूर्यकुमार यादवले १ सय १७ रन जोडेपनि हार टार्न सकेनन्।
उनले ५५ बलमा ६ छक्का र १४ चौका प्रहार गरे। श्रेयस अयरले २८ तथा रोहित शर्मा र विराट कोहलीले ११/११ रन बनाएका थिए। ऋसभ पन्तले १, दिनेश कात्तिकले ६ र रविन्द्र जडेजाले ७ रन बनाए। इङ्ल्यान्डका रीस टोप्लीले ३ तथा डेभिड विली र क्रिस जोर्डनले २/२ विकेट लिएका थिए।
यसअघि अघिल्ला लगातार २ खेल जितेर भारतले शृंखला हात पार्ने पक्का गरेको थियो।