ब्राजिल र जापानले मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं - कतार विश्वकपको तयारीका लागि ब्राजिलले जापानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। ब्राजिल फुटबल संघले बुधबार विज्ञप्ति जारी गर्दै जापान विरुद्ध आउँदो जुन ६ मा मैत्रीपूर्ण खेल खेल्ने जानकारि दिएको हो।

ब्राजिल र जापानबीचको खेल टोकियोमा हुनेछ। त्यसको पाँच दिनपछि ब्राजिलले छिमेकी प्रतिद्वन्द्वी अर्जेन्टिना विरुद्ध मेलबर्नमा मैत्रीपूर्ण खेल खेल्नेछ।

कतार विश्वकप २०२२ मा ब्राजिल समूह ‘जी’मा रहेको छ। ब्राजिलले समूह चरणमा सर्बिया, स्विट्जरल्यान्ड र क्यारुनविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने छ।

त्यसअघि, ब्राजिल र अर्जेन्टिनाबीचको विश्वकप छनोट खेल हुने/नहुने  टुंगो लागिसकेको छैन। अर्जेन्टिनाका खेलाडीले कोभिड–१९ प्रोटोकल पालाना नगरेको भन्दै ब्राजिल विरुद्धको खेल बीचमै रद्द भएको थियो। गएको सेप्टेम्बरमा खेल सुरु भएपछि फुटबल अधिकारी मैदानमै छिरेर खेल रोक्न लगाएका थिए। ब्राजिल र अर्जेन्टिना दुवैले उक्त खेल पुनः खेल्न चासो भने दिएका छैनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×