किसानलाई अनुदानमा मौरीसहितको घार वितरण

काठमाडौँ । सङ्खुवासभाको चैनपुर नगरपालिकाले नगरभित्रका किसानलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको छ।

नगरपालिकाले अपाङ्गता भएका व्यक्तिका परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको हो। मौरीपालनमा अब्बल नगर बनाउने उद्देश्यसहित ११ वटै वडाका अपाङ्गता भएका व्यक्तिका ३३ परिवारलाई अनुदानमा मौरीसहितको घार वितरण गरेको नगरप्रमुख भरतकुमार खत्रीले बताए। अपाङ्गता भएका व्यक्तिका परिवारलाई सात दिने मौरीपालनसम्बन्धी तालिमसहित मङ्गलबार मौरीसहितको घार वितरण गरिएको नगरप्रमुख खत्रीले बताए। घारसहितको मौरी वितरण गर्दे नगरप्रमुख खत्रीले सहभागीलाई व्यावसायिक बन्न आग्रह गर्दै नयाँ व्यवसायीलाई थप सहयोगसमेत गर्ने धारणा राखेका छन्।

११ वटै वडाबाट चुनिएका ३३ अपाङ्गता भएका परिवारलाई घारसहितको मौरी वितरण गरिएकोहो। अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत  चैनपुर  नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालयको लागत साझेदारीमा पुस १४  देखि २० गतेसम्म  मौरीपालनसम्बन्धी तालिम गरिएको कार्यक्रमका फोकल पर्सन सूर्यकिरण भण्डारीले जानकारी दिए।

चालू आर्थिक वर्षको कार्यक्रमअनुसार मौरीपालनका लागि किसान छनोट गरिएको हो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×