काठमाडौँ - पुष्पन प्रधानको स्वरमा समावेश ‘मैले जानीन होला’ बोलको गीत सार्वजनिक भएको छ। आफ्नी प्रेमिकालाई माया गर्न आफूले नजानेपनि उसको खुशी कहिले नहराओस् भन्ने प्रेमीको चाहानामा रहेर यो गीत लेखिएको छ।
यो गीतमा संजित सानाको शब्द तथा संगीत रहेको छ। भिडियोमा नायिका पूजा शर्मा, कलाकार निराजन प्रधान र कलाकार हिउँवाला गौतमको अभिनय रहेको छ। निराजन र पूजा अभिनयमा यो पहिलो पटक सहकार्य गरेका हुन्।
ब्लड क्यान्सरले थलिएकी एक यूवतीले आफ्नो प्रेमीको खुशीका लागि कसरी उसलाई वास्तविक घटना लुकाउँछे भन्ने कथामा निर्देशक हरि हुमागाँईले मर्मस्पर्शी कथा बुनेका छन्।
उत्तम हुमागाँइको छायांकन रहेको भिडियोलाई प्रविण श्रेष्ठले सम्पादन गरेका छन्।