‘आनी’का लागि तीन कलाकारहरु अनुबन्धित

काठमाडौँ। युवराज लामाको निर्देशन रहने चलचित्र ‘आनी’का लागि तीन कलाकारहरु अनुबन्धित गरिएको छ। पाँच जना कलाकार मुख्य भूमिकामा रहने चलचित्रमा  जान्वी बस्नेत, विजय लामा र सिद्धार्थ लामा अनुबन्धित भएका हुन्। अन्य कलाकार भने छनौट हुन बाँकी रहेको छ। कोरोना महामारी सामान्य भएपछी चलचित्रको छायांकन मिती घोषणा हुनेछ। 

काठमाडौँ वा पोखराका गुम्बामध्ये कुनै एकमा छायांकन हुने चलचित्रमा युवराजका छोरा तथा मलायम चलचित्रका अभिनेता सिद्धार्थको पनि अभिनय देख्न सकिनेछ। चलचित्र करिब एक करोडको लगानीमा बन्नेछ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×