काठमाडौँ - इटालियन सिरी ‘ए’अन्तर्गत गएरातिको खेलमा युभेन्टसले जित निकालेको छ। उसले घरेलु टाेली टोरिनोविरुद्व १-० काे जित हात पारेकाे हाे।
ओलिम्पिकाे डी टाेरिनाेमा युभेन्टसलाई जित दिलाउन डुसन भ्लाहोभिचले निर्णायक गोल गरेका थिए। उनले खेलको ७४ औं मिनेटमा डानिलाेकाे पासलाई गाेलमा परिणत गरेका थिए।
याे जितसँगै १० खेलमा १६ अंक जोडेको युभेन्टस सातौं स्थानमा रहँदा पराजित टोरिनो समान खेलबाट ११ अंकका साथ ११औं स्थानमा रहेको छ।