काठमाडौँ - आज प्रतिनिधिसभा बैठक बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार बैठक अपराह्न १ बजे बस्नेछ। बैठकमा कार्य व्यवस्था समितिका सदस्यहरूलाई सभामुखले मनोनयन गर्ने कार्यतालिका रहेको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ।
यसै गरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको सङ्घीय संसद्को महासचिव भरतराज गौतमले जानकारी दिए।