बोक्सीको आरोपमा फरार रहेका यादव ११ वर्षपछि पक्राउ

सप्तरी - कथित बोक्सीको आरोपमा फरार रहेका सप्तरीको राजगढ गाउँपालिका–२ का रामबिलास यादवलाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ। खोजतलासका क्रममा ११ वर्षदेखि फरार रहेका आरोपितलाई उनकै गाउँघरमा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। प्रनाउ काफ्लेका अनुसार पक्राउ अभियुक्तलाई सप्तरी जिल्ला अदालतको आदेशानुसार कैद भुक्तानका लागि सोमबार नै राजविराज कारागार पठाइएको छ।

सप्तरी प्रहरीका अनुसार राजगढ गाउँपालिका–२ की सरस्वतीदेवी खंगको उजुरीमा कथित बोक्सीको आरोप लगाउने अभियुक्त यादवलाई सप्तरी जिल्ला अदालतले २०६७ माघ १८ गते तीन महिना कैद सजाय र रु १० हजार जरिवाना ठहर हुने फैसला गरेको थियो। तत्कालीन पुनरावेदन अदालत राजविराजको इजलासले विसं २०७१ मङ्सिर २९ गते सो फैसला सदर गरेको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×