जैसीदेवल पुन:निर्माणमा पुराना सामग्रीको प्रयोग

काठमाडौँ । पुरातत्व विभागले पुराना निर्माण सामग्री टिकाउ हुने भएकाले प्रयोग गरिएको जनाएको छ । विभागका प्रवक्ता रामबहादुर कुँवर अनुसन्धानले प्राचीन निर्माण सामग्री टिकाउ हुने प्रमाणित गरेको बताउँछन् । कति पुराना र कति नयाँ सामग्री राखेर पुन:निर्माण गर्ने भन्ने पारदर्शी रुपमा स्थानीयवासीलाई जानकारी गराइएको छैन । देवल निर्माण हेर्नुहुने विभागका इन्जिनीयर पूणर्बहादुर श्रेष्ठ निर्माण व्यवसायीसँग भएको सम्झौता अनुसार जीणर् नभएका सामग्री प्रयोग गर्न सकिने व्यवस्था गरिएको बताउछन्।“निर्माण अवधि, निर्माण लागत, निर्माण व्यवसायीको नाम लगायत जानकारी दिने सूचना पाटी राख्न पटक पटक भनिए पनि व्यवसायीले राखेका छैनन्”-उनले भने ।

निर्माण कम्पनी प्राकृतिक/सानो सुवाल/एसपी जेभीले देवल पुन:निर्माण गरिरहेको हो । देवल पुन:निर्माणमा पुराना र नयाँ दुवैथरी निर्माण सामग्री प्रयोग गर्ने सम्झौता भएको छ । नयाँ ८० र पुराना २० प्रतिशत सामग्री प्रयोग गर्ने सम्झौतामा उल्लेख छ । तलदेखि माथिसम्म नयाँ र पुराना दुवैथरी निर्माण सामग्री मिसाएर काम हुने जनाइएको छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×