काठमाडौँ - विश्व नम्बर एक टेनिस खेलाडी इगा स्वाटेकले युएस ओपनको उपाधि जितेकी छिन्। उनले ट्युनिसियाकी पाँचौ वरीयता प्राप्त ओन्स जाबेउरलाई पराजित गर्दै वर्षको दोस्रो ग्राण्ड्स्लाम जितेकी हुन्। न्युयोर्कस्थित फ्लोसिङ मिडोमा भएको महिलातर्फको फाइनमा स्वाटेकले जाबेउरलाई ६-२, ७-६ (७-५) ले हराएकी हुन्।
पोलिस खेलाडी स्वाटेकले यसअघि फ्रेन्च ओपनको उपाधि जितेकी थिइन्। अमेरिकामा भने उनको यो पहिलो ग्राण्ड्स्लाम उपाधि हो। स्वाटेकले फ्रेञ्भ ओपन २ पटक जितेकी छिन्। जाबेउरले भने विम्बलडनको फाइनलमा पनि पराजित भएकी थिइन्।