जोन अब्राहमको फिल्म ‘तेहरानको’ फर्स्ट लुक्स सार्वजनिक

काठमाडौँ - बलिउड अभिनेता जोन अब्राहम आफ्नो आउँदै गरेको फिल्म ‘तेहरान’ लाई लिएर चर्चामा रहेका छन्। अहिले उनी फिल्म ‘एक भिलेन रिटर्न्स’को प्रमोसनमा व्यस्त छन्। फिल्ममा जोनसँगै अर्जुन कपुर, तारा सुतारिया र दिशा पटानीको पनि अभिनय रहेको छ।

त्यसैबीचमा जोनले आफ्नो अर्को फिल्मको तयारी पनि सुरु गरेका छन्। जोने एक्सन थ्रीलर फिल्म ‘तेहरान’मा देखिने छन्। उनले यो फिल्मका लागि सुटिङ सुरु गरिसकेका छन् भने यो फिल्ममा जोनको पहिलो लुक्स पनि सार्वजनिक भएको छ।

मेडाक फिल्मस्ले जोन अब्राहमको आगामी फिल्मको जिकिर गर्दै ट्वीटरमा एक भिडियो शेयर गरेको छ, जसमा अभिनेताको लुक्स देखाइएको छ। 

जोनको एक्सन थ्रीलर फिल्म ‘तेहरान’ सत्य घटनामा आधारित छ। अरुण गोपालद्वारा निर्देशित फिल्मको सुटीङ इरानमा हुनेछ। यो फिल्मलाई रितेश शाह र आशीष प्रकाश वर्माले लेखेका हुुन्। फिल्म २०२३ मा गणतन्त्र दिवसको मौका पारेर रिलीज हुने बताईएको छ।

जोन शाहरुख खानको फल्म ‘पठान’मा पनि अहम भूमिकामा देखिँदैछन्। यो फिल्म २५ जनवरी २०२३ मा रिलीज हुँदैछ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×