काठमाडौँ - साउथका सुपरस्टार यश स्टारर् ‘केजीएफ च्याप्टर–२’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ। आइतबार भारतको बैंगलुरुमा आयोजित एक भव्य कार्यक्रममा निर्माण टिमले कन्नडा, हिन्दी, तेलुगु, तमिल र मलायालम गरी पाँच वटा भाषामा ‘केजीएफ च्याप्टर–२’को ट्रेलर सार्वजनिक गरेको थियो।
फिल्ममा अभिनेता यश, सञ्जय दत्त, श्रीनिधी शेट्टी, रविना टण्डन, प्रकाशराज, माल्भिका अभिनाश, अच्युत कुमार, आयाप्पा पी शर्मा, राव रमेश, ईश्वरी राव, अर्चना जोइस, टीएस नागाभारना, सरन, अभिनाश, भशिष्टा सिम्हा, हरिश राईलगायतको मुख्य भूमिका रहेको छ। फिल्मलाई प्रशान्थ नीलले लेखन तथा निर्देशन गरेका हुन्।
पाँचवटै भाषाका ट्रेलर यहाँ हेर्नसकिन्छ :