काठमाडौँ - साउथह्याम्पटनमाथि २-१ को जित हात पार्दै इंग्लीस प्रिमियर लिगको उपाधि दौड अन्तिम खेलसम्म पुर्याएपछि लिभरपुलका मुख्य प्रशिक्षक जर्गेन क्लोपले लिग लिडर म्यानचेस्टर सिटीलाई उछिन्ने कार्य सहज नभएपनि सम्भव रहेको बताएका छन् ।
केवल एक खेल बाँकी रहदा शीर्ष स्थानको सिटीले ३७ खेलबाट ९० अंक जोडेको छ। भने समान खेलबाट लिभरपुलले ८९ अंक जोडेको छ।
डिफेन्डिङ च्याम्पियन सिटीले आइतबार एस्टन भिल्लाको सामना गर्दा लिभरपुलले भने उल्भ्सविरुद्ध खेल्नेछ। सिटीले जित हात पारेको खण्डमा उ लिग च्याम्पियन हुनेछ। त्यसले लिभरपुलको खेलको नतिजाले केही फरका पार्नेछैन। तर,सिटीले अन्तिम खेलमा बराबरी वा पराजय भोगे, लिभरपुलको नजिता भने महत्वपूर्ण हुनेछ।
क्लोपका अनुसार लिभरपुलले कहिल्यै हरेस खाएन र यही लयलाई जारी राख्नेछ। उनले लिभरपुलसँग खेल्दा उल्भ्सले भने रेलिगेसनबाट जोगिन हरसम्भव प्रयास गर्ने हुदा उक्त खेल सहज नहुने दावी गरे।