बराबरीमा रोकिए रियाल र बार्सिलोना

काठमाडौँ - स्पेनिस ला लिगाको शीर्ष दुई टोली रियाल मड्रिड र बार्सिलोना आइतबार राति बराबरीमा रोकिएका छन्। उपाधि जितिसकेको रियाल मड्रिडले कार्डिजसँग १–१ को बराबरी खेलेको हो। दोस्रो स्थानमा रहन सफल बार्सिलोना भने गेटाफेसँग गोलरहित बराबरीमा रोकिएको हो। 

रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको कार्डिको घरेलु मैदानमा रियालले शुरुमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन। पाहुना टोली रियालले मारिएनो डियाजको गोलबाट पाँचौं मिनेटमा अग्रता लिएको थियो। ३७औं मिनेटमा रुबेन सोब्रिनोले बराबरी गोल फर्काएका थिए। 

बराबरीपछि लिगमा एक खेल बाँकी हुँदा रियाल ८५ अंकका साथ शीर्ष स्थानमा रहेकाे छ। मड्रिडले यसअघि ला लिगाको उपाधि जितिसकेको छ र अब च्याम्पियन्स लिग उपाधि जित्ने लक्ष्यमा छ। रियालले च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलविरुद्ध प्रतिस्पर्धा गर्नेछ। 

बार्सिलोना ७३ अंकका साथ दोस्रो स्थानमा रहेकाे छ। बार्सिलोनाले गेटाफेविरुद्ध गोलरहित बराबरी खेलेको हो। गेटाफे ३९ अंकका साथ १४औं स्थानमा रहेकाे छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×