काठमाडौँ - धुर्कोट गाउँपालिकाको –१ नयाँ गाउँ र वडा नं ४ जैसिथोक जोड्न ठुल्दीमा पक्की पुल निर्माण हुने भएको छ।
पुलको आइतबार गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले शिलान्यास गरे। कूल तीन करोड ४१ लाख १४ हजारमा निर्माण हुन लागेको पुल आगामी पुस १७ गतेभित्र सक्नुपर्नेछ। पुलको अञ्जना श्रेष्ठ जेभीले निर्माण जिम्मा पाएको छ।