चौंथो टी-२०मा पाकिस्तानले इंग्ल्याण्डलाई हरायो

काठमाडौँ - पाकिस्तानले चौंथो टी-२० अन्तर्राष्ट्रिय क्रीकेटमा इंग्ल्यान्डलाई पराजित गरेको छ। कराँचीमा आइतबार राति  घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डलाई ३ रनले हराएको हो। जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा २-२ को बराबरी गरेको छ।

पाकिस्तानले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६३ रनमा समेटियो। इंग्ल्यान्डका लागि ह्यारी ब्रुक र लियाम डसनले समान ३४ रन बनाएका थिए।

बेन डुकेटले ३३ तथा कप्तान मोइन अलीले २९ रन जोडेका थिए। पाकिस्तानका मोहमद नवाज र हरिस राउफले ३/३ विकेट लिए। मोहमद होस्नेनको नाममा २ विकेट रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो। पाकिस्तानका लागि मोहमद रिजवानले ८८ रनको अर्धशतकीय इनिङ खेलेका थिए। त्यस्तै बाबर आजमले ३६ तथा शान मसोदले २१ रन बनाएका थिए।

इंग्ल्यान्डका रिसी टोप्लेले २ तथा लियाम डसनले १ विकेट लिएका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×