सिनी शेट्टी बनिन् मिस इण्डिया २०२२

काठमाडौँ - कर्नाटककी सिनी शेट्टीले ‘मिस इण्डिया २०२२’ को ताज जितेकी छिन्। गत जुलाई ३ मा मुम्बईमा भएको प्रतियोगितामा उनले १३ प्रतियोगीलाई पछि पार्दै ‘मिस इण्डिया २०२२’ को ताज जितेकी हुन्।

प्रतियोगितामा राजस्थानकी रुबल शेखावत फस्ट रनर अप र उत्तर प्रदेशकी शिनाता चौहान सेकेण्ड रनर अप बनेका छन्।

प्रतियोगितामा बलिउडका सेलिब्रेटीहरु नेहा धूपिया, कृति सेनन, मलाइका अरोडा, मनीष पल, राजकुमार राव, डिनो मोरेया, मिथाली, राजलगायतको उपस्थिति रहेको थियो।​

सिनी २१ वर्षकी हुन्। उनी हाल चार्टेड फाइनेन्स एनालिस्टको कोर्ष गरिरहेकी छिन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×