भुटानमाथि नेपालको फराकिलो जित

काठमाडौँ - बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसीपमा नेपालले सुखद सुरुवात गरेको छ। प्रतियोगितामा आफ्नो पहिलो खेलमा ७-० को जित निकाल्दै नेपालले सुखद सुरुवात गरेको हो।

नेपालको जितमा वर्षा ओलीले सर्वाधिक ४ गोल गर्दा सुक्रिया मियाँले २ गोल र सेनु परियारले १ गोल गरेका थिए। खेलको पहिलो मिनेटमै वर्षा ओलीको गोलमा अग्रता बनाएको नेपालका लागि दोस्रो गोल पनि ओलीले नै १७ औं मिनेटमा गरिन्। त्यस्तै ३३ र ३४ औं मिनेटमा ओलीले नै गोल थप्दा पहिलो हाफमै नेपाल ४ गोलले अघि रह्यो।

दोस्रो हाफमा नेपालका लागि सुक्रिया मियाँले गोल थपिन्। उनले खेलको ६५ र ७२ औं मिनेटमा गोल गर्दा सेनु परियारले ८५ औं मिनेटमा गोल गरिन्। जारी प्रतियोगितामा नेपालको यो पहिलो जित हो भने भुटानको दोस्रो हार हो।

जितसँगै नेपाली टोलीकी प्रशिक्षक भगवती राना मगरले खेलाडीले राम्रो खेलेको र मिडफिल्डमा सुधारको आवश्यकता रहेको बताएकी छिन्।

'हाम्रा खेलाडीले राम्रो खेलेका छन्। फर्वाड लाइनमा राम्रो थियो। तर, हामीले मिडफिल्डमा सुधार गर्न आवश्यक छ। पहिलो म्याचबाट राम्रो अनुभव लिन पायौ। दोस्रो खेलका लागि अब हाम्रो तयारी हुनेछ, 'उनले भनिन्, 'बंगलादेश सँगको प्रतिस्पर्धा 'टफ' हुनेछ।'

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×