काठमाडौँ - दृष्टिबिहिनहरुलाई प्रोत्साहन गर्ने उदेश्यले तयार पारिएको अडियो डिस्क्रेप्टिभ म्युजिक भिडियो काठमाडौंमा सार्वजनिक गरिएको छ। क्यानेडियन गायिका गिथिया बर्मनको शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोलाई एनोदर वर्ल्डको रुपमा प्रस्तुत गरिएको छ।
सृष्टि केसी र सुदेव सुरेशलाई प्रस्तुत गरिएको उक्त भिडियोमा सृष्टि केसी र गिथिया बर्मनको कन्सेप्ट रहेको छ। भिडियोको निर्देशन गिथिया बर्मनले गरेकी हुन्। आमोश पुठियाटिलको डिओपी रहेको भिडियोको कोरियोग्राफी सदिक ज्याकीले गरेका छन्।
अडियोको डिस्क्रिप्सन र लेखनको कार्य सारदाको रहेको छ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोल, युरोपियन युनियन एम्बासडर नोना, अभिनेता राजेश हमाल, अभिनेत्री मिथिला शर्मा, गायक रामकृष्ण ढकाल, गायिका अन्जु पन्त, अभिनेता प्रशान्त ताम्राकार, अभिनेत्री सुरक्षा पन्त, मिस नेपाल उषा खड्गी आदि उपस्थिति रहेका थिए।
यो भिडियोलाई गायिका गिथिया बर्मनको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ।