बेन्जेमाले गरे अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

काठमाडौँ - फ्रान्सका फुटबल स्टार करिम बेन्जेमाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्। आफ्नो ३५ औँ जन्मदिनको अवसर पारेर उनले सन्यासको घोषण गरेका हुन्।

विश्वकप २०२२ को फाइनलमा फ्रान्सले अर्जेन्टिनासँग पेनाल्टी सूटआउटमा हारेको एक दिनपछि उनले राष्ट्रिय टिमबाट नखेल्ने निर्णय गरेका हुन्। १ पटकका बलोन डीओर विजेता बेन्जेमाले फ्रान्सका लागि ९७ खेलमा ३७ गोल गरेका छन्। भर्खरै सम्पन्न कतार विश्वकपको स्क्वाडमा रहे पनि थाइको इन्जुरीका कारण उनले विश्वकप गुमाएका थिए।

उनले आफ्नो ट्वीटर ह्यान्डलमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने सन्देशसहित लेखेका छन्, ‘मैले प्रयास र गल्ती दुवै गरें। जसका कारण म जुन स्थानमा छु, म गर्व गर्छु। मैले आफ्नो कथा लेखेँ र अन्त्य पनि गरेको छ।’

बेन्जेमाले सन् २००७ मा फ्रान्सबाट डेब्यु गरेका थिए। उनले फ्रान्सबाट सन् २००८ र २०१२ मा युरोपेली च्याम्पियनसिप खेलेका थिए। सन् २०१४ र २०१६ को युरोपेली च्याम्पियनसिपमा भने विवादमा मुच्छिएपछि सहभागी हुन पाएका थिएनन्।

उनी युरो २०२० मा अन्तर्राष्टिय फुटबलमा पुनः फर्किएका थिए। रियल मड्रिडबाट व्यावसायिक खेल खेलिरहेका उनले गत सिजन सबै प्रतिस्पर्धामा गरी ४६ खेलमा ४४ गोल गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×