धरान - जन गायक जेबी टुहुरेको स्मृतिमा धरानमा साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। टुहुरेको स्मृति दिवसको अवसर पारेर भदौ १० गते भान्चोकमा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको हो।
जेबी टुहुरे फाउन्डेसनको आयोजनामा हुन लागेको कार्यक्रममा १ दर्जन बढी कलाकारले टुहुरेका गीत गाउने टुहुरेकी छोरी एवं फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले जानकारी दिएकी छिन्। २००१ साल भदौ १० गते धरानको प्रानो बजारमा जन्मिएका ट्ह्रेको जन्मदिन पारेर साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको फाउन्डेसनका सदस्य राजेश थापाले बताएका छन्।
कार्यक्रममा खड्गी समाज र धरान संगीत प्रतिष्ठानले संयोजनको भूमिका निर्वाह गर्ने भएका छन्। निरंक्श पञ्चायती व्यवस्थाविरुद्ध ‘आमा दिदी बैनी हो, कति बस्छौ दासी भै भन्ने गीत गाएर उनी चर्चामा आएका थिए।
साँस्कृतिक कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ, शम्भ् राई, जीवन शर्मा, नन्दकृष्ण जोशी, चेतन सापकोटा, प्रश्ना शाक्य, बाब् बोगटी, रुपक डोटेल, भीषण म्कारुङ, प्रदेश लिम्बू, साजन राई, आकाश थापा, द्र्गा परियार, हर्ष् राई, गंगा राई, सविन लिम्बू, जितेन्द्र चौधरी, कृष्णराजा श्रोष्ठ, प्रशान्त शर्मा, सञ्जय त्म्रोक, स्बोद गौतमलगायतले प्रस्त्ति दिने फाउन्डेसनका सल्लाहकार चोत्ल्क लिम्बूले जानकारी दिएका छन्।
टुहुरे धरानमा जन्मिएकाले उनको सम्झनामा धरानमै कार्यक्रम आयोजना गर्न लागिएको उनले जानकारी दिएका छन्। कार्यक्रममा टुहुरेका सांस्कृतिक योगदान बारे प्रकाश पार्न्का साथै उनका वर्गीयम्क्ति आन्दोलनका गीतलाई नयाँ प्स्तामाझ परिचित गराउने, जनपक्षीय साँस्कृतिक आन्दोलनमा समर्पित कलाकारको हौसला बढाउन धरानमा कार्यक्रम आयोजना गर्न लागिएको फाउन्डेसनकी अध्यक्ष ट्ह्रेले जानकारी दिएकी छिन्।