काठमाडौँ - म्यानमारमा कार दुर्घटनामा कम्तीमा पनि सात जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्।
म्यानमारको पाथिन चागोथा भन्ने स्थानमा शनिबार भएको कार दुर्घटनामा परी सात जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। एक निजी कार सर्वाजनिक बससँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ। बसको ठक्करबाट सो कारमा रहेका कम्तीमा सातजनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन्। सो कारमा सवार रहेका व्यक्तिहरू एकै परिवारका हुनसक्ने अनुमान गरिएको छ। तर प्रहरीले स्वतन्त्र पुष्टि गर्न भने बाँकी रहेको अस्पताल स्रोतले जनाएको छ। बसको ठक्करबाट घाइते भएका उनीहरूलाई अस्पताल पुर्याइएको थियो। तर, गम्भीर रूपमा घाइते भएका सबैको सो अस्पतालमा निधन भएको थियो। मृत्यु हुनेमा तीन जना महिला र दुई बालबालिका पनि रहेका छन्।
यस दुर्घटनमा परी बसका केही व्यक्ति घाइते भएका र उनीहरूको उपचार जारी रहेको छ।