काठमाडौँ - नेपाली राष्ट्रिय टोलीको गोलकिपर किरन कुमार लिम्बू (चेम्जोङ) सम्मेलित टिम माजिया स्पोर्टस् एण्ड रिक्रियसनले धिवेही प्रिमियर लिगको उपाधि जितेको छ।
शुक्रबार भएको खेलमा किरण सम्मिलित क्लवले डा ग्रान्ड स्पोर्टस् क्लबलाई १-० ले पराजित गर्दै लगातार तेस्रो पटक लिग जितेको हो।
धिवेही प्रिमियर लिग माल्दिभ्सकै शीर्ष डिभिजन लिग हो। उक्त जितमा माजियाका लागि स्पेनिस खेलाडी टाना डोनिन्गुइजले ४१औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
खेलमा निर्विकल्प किप्पर बनेका किरनको खेल उत्कृष्ट रह्यो। उनी आबद्ध क्लब यो जितसँगै लगतार तेस्रो र समग्रमा चौँथो पटक लिग च्याम्पियन बनेको छ। किरनको भने ल्दिभ्समा यो दोस्रो लिग उपाधि हो। यस अघि किरणले टिसी स्पोर्टस्बाट लिग उपाधि जितेका थिए।
किरन आबद्ध क्लव माजियाले १९ खेल खेल्दा जम्मा १ खेलमा मात्रै पराजित भएको छ। उसले १८ खेलबाटै ५४ अंक जोडेको छ।