काठमाडौँ - अभिनेता आर्यन सिग्देल र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘चचहुई’ युट्युबमा सार्वजनिक गरिएको छ। आइतबार दिउँसो फिल्म युट्युबमा रिलिज गरिएको हो।
हलमा प्रदर्शनमा आएको ३ वर्षपछि युट्युबमा सार्वजनिक यस फिल्मको निर्देशन साम्तेन भुटियाले गरेका हुन्। फिल्ममा भोलाराज सापकोटा र माओत्से गुरुङ पनि शीर्ष भूमिकामा रहेका छन्। ‘ओएरआर डिजिटल’ युट्युब च्यानलमार्फत फिल्म सार्वजनिक गरिएको हो।
पछिल्लो केही सातायता युट्युबमा फिल्म रिलिज हुने क्रम बढ्न थालेको छ। यसको कारण भने युट्युब रेभिन्यू हो। डिसेम्बर (अंग्रेजी नयाँ वर्ष)मा युट्युबमा विज्ञापन धेरै आउने र त्यसको फाइदा युट्युब कन्टेन्टलाई हुने जानकारहरू बताउँछन्।