काठमाडौँ। दक्षिण भारतीय कलाकार रामचरणको आउँदो चलचित्रको शूटिंग नेपालमा हुने भएको छ। यही फेब्रुअरी २८ तारिख सो चलचित्रको शूटिंगका लागि अभिनेता रामचरणसहितको समुह नेपाल आउन लागेको जनाईएको छ। विदेशी चलचित्र शूटिंगको व्यवस्थापन गर्ने कम्पनी थ्री ह्विल्स प्रालिका प्रमुख सुरज आचार्यले यो कुरा बताएका हुन्।
हालसम्म चलचित्रको नाम भने खुलाइएको छैन। रामचरणसहितको समुह नेपालमा शूटिंग स्थल अवलोकन गर्न आउन लागेको जनाइएको छ। खबरक अनुसार अप्रिलदेखि शूटिंग सुरु हुने भनिएको चलचित्रको शूटिंग काठमाडौँ, मनाङ र मुस्ताङमा गरिनेछ।
केहि महिनाअघि नै नेपालमा रामचरणको यो चलचित्र छायांकन गरिने भनिएतापनि हिउँ परेका कारण स्थगित भएको थियो।