काठमाडौँ - प्रिमियर लिग क्लब फुलहमले ब्राजिलियन विंगर विलियनलाई अनुबन्ध गरेको छ। फुलहमले १ वर्षको सम्झौतामा विलियनलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो।
३४ वर्षीय विलियनले हालै आफू र परिवारलाई ज्यान मार्ने धम्की आएको भन्दै ब्राजिलियन कोरिन्थिस छाडेका थिए। अघिल्लो वर्ष कोरिन्थिसमा अनुबन्ध भएका चेल्सी तथा आर्सनलका पूर्वविंगरले क्लबका लागि ४५ खेलमा १ गोल गरेका थिए।
२०१३ देखि २०२० सम्म चेल्सीमा बिताएका उनले २०२०/२१ को सिजन आर्सनलका लागि खेलेका थिए। विलियनले ब्राजिलका लागि ७० खेलमा ९ गोल गरेका छन्।