पशुपतिको सल्लाहकारमा तायल मनोनीत

काठमाडौँ - पशुपति क्षेत्र विकास कोषले कैलालीको धनगढीका समाजसेवी श्यामसुन्दर तायललाई पशुपति मन्दिर प्राङ्गण समितिको सल्लाहकारमा मनोनीत गरेको छ। उनलाई शनिवार समितिको सल्लाहकारमा मनोनीत गरिएको कोषका सदस्य पूर्णसङ्गम जेठाराले जानकारी दिए।

उनका अनुसार भगवान् पशुपतिनाथको मन्दिर जीर्णोद्धार लगायत कोषलाई विविध क्षेत्रमा योगदान पुर्‍याउनका लागि तायललाई कोषको निर्णयअनुसार सल्लाहकारमा मनोनयन गरिएको हो। तायलले कैलालीमा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×